बहिनीलाई चुनावमा सघाउन आइपुगिन् अभिनेत्री विपना थापा
अरु बेला माइती देश आउन चाडबाड र पारिवारिक जमघट पर्खिनुपर्थ्यो। तर यसपटक निर्वाचनले नायिका विपना थापालाई भारतको मथुराबाट नेपाल तानेको छ।
विपना शनिबार नारायण नगरपालिकामा कांग्रेसका पक्षमा चुनाव प्रचार प्रसार गर्ने क्रममा देखिइन्। उनले भनिन्, ‘हाम्रो परिवार नै राजनीतिक हो । म जन आन्दोदनमा लागेकी कलाकार हुँ । त्यो बेला शाही परिवारबाट धम्की आउँदा पनि विचलित भइनँ।’
उनका हजुरबुबा २०१५ को आम निर्वाचनमा काठकाडौंका सांसद भएका थिए । बुबा ओमविक्रम थापा पञ्चायत कालमा पटक पटक प्रधानपन्च भए ।
यस पटक ३६ बर्षीय बहिनी वासना थापा दैलेखको नारायण नगरपालिकामा उपमेयर उठेकी छन् । विपनाले बहिनीको लागि भोट माग्ने बताइन्। कान्तिपुरमा यो खबर छ।
प्रतिकृया दिनुहोस्
Loading...