आर्सनलको एकमात्र उद्धेश्य : च्याम्पियन्स लिगमा छनौट हुने
ईङ्लीस प्रेमियर लिग फुटवलमा आज राती आर्सनल र साउथह्याप्टनबीच प्रतिस्पर्धा हुँदैछ । साउथह्याप्टनको गृहमैदान सेन्ट म्यारिज स्टेडियममा उत्रदा आर्सनलसँग एउटै लक्ष्य हुनेछ, च्याम्पियन्स लिगको आगामी सिजनमा छनौट हुने ।
उपाधि होडबाट बाहिरिसकेको आर्सनल शीर्ष चार भित्र पर्दै च्याम्पियन्स लिग फुटवलको आगामी सिजनका लागि छनौट हुने उद्धेश्यका साथ मैदान उत्रनेछ ।
आर्सनल ३४ खेलबाट ६३ अंकमा छैठौं स्थानमा छ । गत आइतवार भएको खेलमा म्यानचेष्टर युनाईटेडविरुद्ध २–० को जित निकालेको आर्सनल आजको खेलमा केही आत्मबिश्वासी देखिनेछ । यद्यपी आज राती हुने खेल बराबरीमा मात्र टुंगिएपनि आर्सनलको शीर्ष चार भित्र पर्ने योजना कठिन बन्नेछ ।
जारी सिजन चार खेल खेल्न बांकी रहेको आर्सनलले साउथह्याप्टनसहित स्टोक सिटी, सण्डरल्याण्ड र एभरटनसँग प्रतिस्पर्धा गर्न बाँकी छ । आर्सनललाई उत्कृष्ट चार भित्र पर्न तेस्रो स्थानको लिभरपुल, चौथो स्थानको म्यानचेष्टर सिटी र पांचौ स्थानमा रहेको म्यानचेष्टर युनाईटेडलाई उछिन्न पर्नेछ ।
यद्यपी तीनै टोलीको बांकी प्रतिस्पर्धा समेत कमजोर प्रतिद्वन्दीसँग भएकाले एक खेलमात्रको हार वा बराबरीमात्र पनि आर्सनलका लागि टाउको दुखाई बन्न सक्नेछ ।
उपाधिबाट मात्र एक जित टाढा रहेको चेल्सी र ७७ अंकमा दोस्रो स्थानमा रहेको टटनहामलाई भने सवै खेल जितेपनि आर्सनलले भेट्टाउने छैन ।
रेलिगेशनबाट जोगिसकेको साउथ ह्याप्टनका लागि भने आजको खेल स्थिति सुधारका लागि मौका मात्र हुनेछ । ऊ ४२ अंकमा दशौं स्थानमा छ ।
प्रतिकृया दिनुहोस्
Loading...