सर्वोच्चले रिहा गर्न आदेश दिए लगत्तै जीवन्त र गम्भीर अदालत परिसरबाटै पुनः पक्राउ

काठमाडौं ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना बरिष्ठ नेताहरुलाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिए लगत्तै प्रहरीले भने पुनः पक्राउ गरेको छ ।

नेकपाका पोलिटब्यूरो सदस्य मोहन बहादुर कार्की ‘जीवन्त’ र कृष्ण प्रसाद धमला ‘गम्भीर’लाई नुवकोट प्रहरीले पुनः पक्राउ गरेको हो । करिब एक महिनादेखि काभ्रे प्रहरीको हिरासतमा रहेका दुई नेतालाई सर्वोच्च अदालतबाटै पुनः पक्राउ गरिएको हो ।

उनीहरुलाई आज सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको थियो । बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले पोलिटब्यूरो सदस्यद्वयलाई रिहा गर्न आदेश दिएको थियो ।

काठमाडौंबाट पक्राउ गरी काभ्रे पुर्याइएका उनीहरुलाई बन्दी प्रत्यक्षीकरण मुद्दाको सुनुवाईको लागि आज सर्वोच्च अदालतमा ल्याइएको थियो । सर्वोच्च अदालतका न्यायाधीशद्वय डम्बर बहादुर शाही र शारदाप्रसाद घिमिरेको इजलासले साक्षीको रोहवरमा रिहा गर्न आदेश दिएको हो ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...