प्रहरीले कुमार पौडेललाई नियन्त्रणमा लिएर ह’त्या गरेको खुलासा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका सर्लेलाही जिल्ला इन्चार्ज कुमार पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर गरेर ह’त्या गरेको खुलासा भएको छ । संचारकेन्द्रको सम्पर्क आएका एक स्थानीयले नाम नबताउने सर्तमा भने- ‘विप्लवको मान्छेलाई प्रहरीले पक्राउ गरेर लगेर गो’ली हानेको रैछ । त्यता घटना घटेको ठाउँमा कसैलाई पनि जान दिएको छैन ।’ संचारकेन्द्रलाई प्राप्त घटनास्थलको एक्सक्लुसिभ तस्वीरमा समेत कुमारको दुवै हात भाचेर गोली हानिएको प्रष्ट देखिन्छ ।

यस्तै नेकपाले पनि पौडेलको ह’त्या भएको दावी गरेको छ । बिहीबार साँझ जनकपुर ब्युरो इञ्जार्च अरुणले एक विज्ञप्ति जारी गर्दै लखन्ती खोलामा साथीहरु कुरिरहेको अवस्थामा नियन्त्रणमा लिएर चिनिसकेपछि एक गोली हातमा र अर्को गोली टाउकोमा प्रहार गरी कायरतापूर्वक हत्या गरेको बताएका छन् । साथै नेता पौडेलको बलिदानी खेर जान नदिने प्रतिबद्धता समेत नेकपा जनाएको छ । नेकपा सर्लाही जिल्ला इन्चार्ज र जनकपुर ब्युरो सदस्य समेत रहेका नेता पौडेललाई प्रहरीले बिहिबार गोली हानी हत्या गरेको थियो ।

इञ्जार्च अरुणले बलिदान खेर जान नदिने प्रतिबद्धता व्यक्त गर्दै एकीकृत जनक्रान्ति सफल गरिछाड्ने बताएका छन् । विज्ञप्तिमा लेखिएको छ, ‘केपी–पीके सामाजिक दलाल सरकारले हाम्रो पार्टीका सर्लाही जिल्ला इन्चार्ज तथा जनकपुर ब्युरो सदस्य कमरेड कुमार पौडेललाई आज (बिहीबार) दिउँसो करिब सवा एक बजे सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. १ लखन्ती खोलामा साथीहरू कुरिरहेको अवस्थामा नियन्त्रणमा लिएर चिनिसकेपछि एक गोली हातमा र अर्को गोली टाउकोमा प्रहार गरी कायरतापूर्वक हत्या गरेको छ ।’

बागमती नगरपालिका वडा नं. २ धरहरा घर भएका पौडेललाई नेपाल कम्युनिस्ट पार्टीिले महान् सहिद घोषणा गर्दै उनीप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गरेको छ । साथै गैरन्यायिक हत्याको विरोध र भत्र्सना गर्दै नेकपाले ओली सरकारको राज्यआतङ्क र हत्याको बदला एकीकृत जनक्रान्तिकै माध्यमबाट लिने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘बागमती नगरपालिका वडा नं. २ धरहरा घर भएका कमरेड कुमार पौडेललाई नेपाल कम्युनिस्ट पार्टी महान् सहिद घोषणा गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछ । नेपाल कम्युनिस्ट पार्टी यो गैरन्यायिक हत्याको विरोध र भत्र्सना गर्दछ र वली सरकारको राज्यआतङ्क र हत्याको बदला एकीकृत जनक्रान्तिकै माध्यमबाट लिने प्रतिबद्धता पनि व्यक्त गर्दछ ।’

आफ्नो पार्टीका जुझारु एवम् कर्तव्यनिष्ठ नेता कुमार पौडेलको बलिदानले पार्टी र आन्दोलनलाई ठूलो क्षति पुगेको विज्ञप्तिमा उल्लेख छ । साथै इन्चार्ज अरुणले शोकसन्तप्त परिवारजन र पार्टी पङ्क्तिप्रति गहिरो समवेदना प्रकट गर्दै सहिदहरूको बलिदान खेर जान नदिने र एकीकृत जनक्रान्ति सफल गरिछाड्ने प्रतिबद्धता प्रकट गरेका छन् ।

ब्युरो इन्चार्ज अरुणको विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘हाम्रो पार्टीका जुझारु एवम् कर्तव्यनिष्ठ कमरेड कुमार पौडेलको बलिदानले पार्टी र आन्दोलनलाई ठूलो क्षति पुगेको छ । हामी शोकसन्तप्त परिवारजन र पार्टी पङ्क्तिप्रति गहिरो समवेदना प्रकट गर्दछौँ । हाम्रो पार्टी सहिदहरूको बलिदान खेर जान नदिने साथै एकीकृत जनक्रान्ति सफल गरिछाड्ने प्रतिबद्धता प्रकट गर्दछ ।’

पौडेल बागमती नगरपालिका धरहराका स्थानीय बासिन्दा हुन् । उनै पौडेलको नेतृत्वमा नेकपाका नेता, कार्यकर्ता र प्रहरीबीच केही महिनाअघि पनि सुकुम्बासी बस्ती हटाउने विषयलाई लिएर तनाव उत्पन्न हुँदा प्रहरीले गोली चलाएको थियो । तर, त्यतिबेला भने कुनै मानवीय क्षति भएको थिएन । बागमती नगरपालिका धरहरामा सागरनाथ वन परियोजनाको करिब ४ हजार बिघा जग्गा कब्जा गरी नेकपाले सुकुम्बासीहरुलाई राखेको थियो । प्रहरीले सो जग्गा खाली गर्ने क्रममा यसअघि पनि गोली चलाएको थियो । त्यसबेलादेखि नै पौडेल सुकुम्बासी बस्तीका प्रिय पात्र पनि बनेका थिए ।

पौडेल नेकपा माओवादी फुटेपछि मोहन वैद्य नेतृत्वको पार्टीमा लागेका थिए । पछि उनी नेत्रविक्रम चन्दले नेकपा गठन गरेपछि सोही पार्टीको प्रदेश नम्बर २ कै माथिल्लो तहमा थिए । त्यसअघि उनी चुरे भावर पार्टीमा थिए ।

प्रतिकृया दिनुहोस्

Loading...